Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोना पीडितलाई राहत ल्याउन नेपाली कांग्रेसको माग


    बिहिबार, बैशाख २३ २०७८
    640
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । फेरि कोरोना संक्रमण आक्रामक रूपमा बढ्न थालेकाे छ ।

    दिनदिनै कोरोना संक्रमणले नयाँ रेकर्ड बन्दै गएकाे अवस्थामा नेपाली कांग्रेसको संगठन विभागले कोरोना पीडित मजदुर तथा रोजगार गुमाएकाहरूलाई राहत प्याकेज ल्याउन सरकारसँग माग गरेको छ।

    बिहीबार विज्ञप्ति जारी गर्दै निषेधाज्ञाका कारण रोजगार गुमाएका आम नागरिक, श्रमिक र साना व्यवसायीहरूले भोग्नु परेको पीडालाई मध्यनजर गर्दै आवश्यक राहतको प्याकेज यथाशीघ्र ल्याउन माग गरेको हो।

    कोरोना महामारीको संकटका बेला एकतावद्ध भएर लड्न सबै तह र तप्कालाई पनि कांग्रेसले अनुरोध गरेको छ।

    आइसोलेसन केन्द्रहरू, होल्डिङ सेन्टर बनाउन अस्पतालहरूमा शय्या थप तथा अक्सिजनलगायत आवश्यक सामग्रीको व्यवस्था गर्न पनि सरकारसँग कांग्रेसको माग छ।

    १.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार