Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • अन्तर्राष्ट्रिय हवाइ उडान आजदेखि बन्द


    बिहिबार, बैशाख २३ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले आजदेखि अन्तर्राष्ट्रिय हवाइ उडान बैशाख मसान्तसम्म बन्द गरेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आज राति १२ बजेदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द हुन लागेका हुन् ।

    वैशाख १९ गते बसेको मन्त्रिपरिषद बैठकले आजदेखि बैशाख मसान्तसम्म सबै अन्तर्राष्ट्रिय उडान रोक्ने निर्णय गरेको थियो । आन्तरिक उडान भने बैशाख २१ गते राति देखि नै बन्द भईसकेका छन्।

    यद्दपी अत्यावश्यक पर्दा आन्तरिक तथा बाह्य चार्टर उडान गर्न सकिने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । बुधबार मात्रै आन्तरिकतर्फ दुई जहाज कम्पनी तथा १० हेलिकप्टर कम्पनीले ४१ उद्धार उडान गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार