Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • मन्त्री जुली महतो दम्पत्तिलाई कोरोना संक्रमण पुष्टि


    बिहिबार, बैशाख २३ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुली महतो र उनका श्रीमान पूर्वमन्त्री रघुवीर महासेठ कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

    मन्त्री महतोले सामाजिक सञ्जाल ट्वीटरमार्फत् आफूलाई कोरोना संक्रमण भएको सार्वजनिक गरेकी छिन् । महतो दम्पती चिकित्सकको निगरानीमा रहेको समेत उल्लेख गरेकी छिन्। 

    यसअघि पर्यटन मन्त्री भानुभक्त ढकाल दम्पतीलाई पनि कोरोना संक्रमण भएको थियो। यस्तै उर्जा मन्त्री टोपबहादुर रायमाझी र खानेपानी मन्त्री मणि थापा पनि केही दिनअघि कोरोनाबाट संक्रमित भएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार