एजेन्सी । इङ्ग्लिश प्रिमियर लिग क्लव चेल्सी च्याम्पियन्स लिग फुटबलको फाईनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको सेमिफाईनलको दोस्रो लेगको खेलमा स्पेनिस क्लब रियल म्याड्रिडलाई २–० ले पराजित गर्दै चेल्सी फाईनल प्रवेश गरेको हो ।
चेल्सी समग्रमा ३–१ को नतिजासहित फाईनल प्रवेश गरेको हो। गएराति भएको खेलमा चेल्सीलाई जित दिलाउन टिमाे वार्नर र मिसन माउण्टले समान एक एक गोल गरे ।
खेलको २८ औं मिनेटमा वार्नरले चेल्सीलाई अग्रता दिलाएका थिए ।
त्यस्तै, खेल सकिन ५ मिनेटअघि माउन्टले चेल्सीका लागि दोस्रो गोल गरे ।
अब चेल्सीले च्याम्पियन्स लिगकाे उपाधिका लागि प्रिमियर लिग क्लब म्यान्चेष्टर सिटीसंग प्रतिस्पर्धा गर्नेछ ।