Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कुशल भुर्तेल आइसीसीको महिनाको उत्कृष्ट खेलाडीका मनोनयनमा


    बिहिबार, बैशाख २३ २०७८
    755
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेपाली युवा क्रिकेट खेलाडी कुशल भुर्तेल अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को महिनाको उत्कृष्ट खेलाडीको पुरस्कारका लागि मनोनयनमा परेका छन् ।  आइसिसीले अप्रिलको उत्कृष्ट खेलाडीका लागि उनलाई मनोनयन गरेको हो । 

    पहिलो पटक नेपाली क्रिकेट खेलाडी सो पुरस्कारको मनोनयनमा परेका हुन् । भुर्तेलसँगै पाकिस्तानका फखर जमान र बाबर आजमलाई सो पुरस्कारका लागि मनोनयन गरिएको आइसिसीले जनाएको छ । यही वैशाख पहिलो साता नेपालमा भएको त्रिदेशीय टी–२० सिरिजमा नेपालका लागि २४ वर्षीय भुर्तेलले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । 

    नेपाल, मलेसिया र नेदरल्याण्डस सम्मिलित सो सिरिजको उपाधि नेपालले जितेको थियो । सिरिज जिताउनमा उनको ठूलो योगदान थियो । भुर्तेलले टी २० क्रिकेटको डेब्यू खेलमै लगातार तीन अर्धशतक बनाउने विश्व कीर्तिमानसमेत बनाएका थिए । उनले सो प्रतियोगिताभर पाँच अर्धशतकसहित सर्वाधिक २७८ रन बनाएका थिए । भुर्तेल प्लेअर अफ दि सिरिज घोषित भएका थिए ।

    कुशल भुर्तेलले नेदरल्याण्डसविरुद्धको पहिलो खेलमा ६२, मलेसियाविरुद्धको खेलमा ६१, नेदरल्याण्डसविरुद्धको दोस्रो खेलमा ६२ तथा नेदरल्याण्डससितको फाइनल खेलमा ७७ रन बनाएका थिए । 

    सिरिजमा गरिएको प्रदर्शनका आधारमा उहाँ पहिलो पटक आइसिसीको टी–२० वरियतामा ९३ औँ स्थानमा पर्न सफल भएका थिए । आइसिसीले जारी गरेको अर्को वरियतामा भुर्तेल ६१औँ स्थानमा उक्लिएका थिए ।

    यसैगरी पुरस्कारका लागि मनोनीत पाकिस्तानका जमानले दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय सिरिजमा ३०२ रन बनाएका थिए  । सोक्रममा उनले  दुई शतकसमेत बनाएका थिए । मनोनयनमा परेका आजमले दक्षिण अफ्रिकाविरुद्ध सोही एकदिवसीय सिरिजमा २२८ रन बनाएका थिए । पुरस्कारको घोषणा यही वैशाख २७ गते गरिने छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार