Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सगरमाथाबाट फर्किएका १७ जना आरोहीमा कोरोना संक्रमण, १ हजार बढी पर्यटक अलपत्र


    बुधबार, बैशाख २२ २०७८
    685
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमार्डाैं । सगरमाथा आधार शिविरबाट फर्किएका १७ जनामा पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएपछि करिब १ हजार आरोही त्रसित भएका छन् । आधार शिबिरमा अहिले सगरमाथा चढ्न गएका १ हजार आरोही छन् । सम्पर्क अधिकृत मात्रै ५० जना छन् ।

    सगरमाथाबाट एक साताअघि फर्किएकाहरुमा कोरोना संक्रमण देखिएकाले आरोहीहरुमा त्रास सृजना भएको छ । बीबीसी अंग्रेजी सेवाले सगमाथा आधार शिविरमा कोरोना संक्रमण फैलिएकोबारेमा १४ घन्टाअघि एक रिपोर्ट नै बनाएको छ । हिमालमा भीड जम्मा छ । आधार शिविरबाट फर्किएकाहरुमा कोरोना देखिएपछि विदेशीहरु त्रसित छन् ।  आन्तरिक उडान बन्द भएकाले फर्किन पाइरहेका छैनन् । साँघुरो ठाउँमा खचाखच बस्दा कोरोना सर्ने त्रास उत्तिकै हुने भएकाले महामारी फैलिन सक्ने संभावना बढेको छ ।

    महामारीमा पर्यटन विभागले आरोहण बन्द गरेको भए यो अवस्था नै आउन नसक्ने आधार शिविरमा रहेका कर्मचारी बताउँछन् । आधारशिविरमा कोरोना फैलिने त्रास विश्वब्यापी भइसकेको  छ ।  

    आधार शिविरबाट फर्किएका १७ जनामा कोरोना देखिएको बीबीसीको रिपोर्ट सत्य नभएको पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले बताए । उनले भने– आधारशिविरबाट फर्किएकाहरुमा कोरोना देखिएको छैन, कोरोना देखिएको बिषय सरकारलाई थाहा हुन्छ नि, बीबीसीलाई होइन, उनले भने । आधार शिविरमा रहेकाहरुको छिटोभन्दा छिटो उद्दार गर्नुपर्ने माग भइरहेको छ ।

    अहिले तिरेकै रोयल्टीबाट पुनःअर्कोे सिजनमा हिमाल चढ्न दिए फिर्ता हुने आधार शिविरमा गएका विदेशीहरुले भनिरहेकाले सरकारले तत्काल उद्दारको ब्यवस्था गर्नुपर्ने माग पनि गरेका छन् ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार