Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • राष्ट्रपतिद्वारा रेल्वे अध्यादेश जारी


    बुधबार, बैशाख २२ २०७८
    2.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार थप एक अध्यादेश जारी गरेकी छन्।

    उनले जनकपुर जयनगर रेलमार्गमा रेल सञ्चालनका लागि कानुनी बाटो खोल्न रेल्वे अध्यादेश २०७८ अध्यादेश जारी गरेकी हुन् ।

    उक्त रेलमार्ग सञ्चालनका लागि कानुनी बाटो खोल्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अध्यादेशको मस्यौदा गरेको थियो । 

    यसअघि मंगलबार राष्ट्रपतिले संवैधानिक परिषद्लगायतका विभिन्न ७ वटा अध्यादेश जारी गरेकी थिइन ।

    अध्यादेशमा नेपाल सरकारले एक वा एक भन्दा बढी विदेशी राष्ट्रको भूमिसम्म वा विदेशी राष्ट्रले नेपालको भूमिसम्म वा नेपालको भूमि भएर अर्को विदेशी राष्ट्रमा जाने गरी रेल्वे सेवा सञ्चालन गर्ने व्यवस्था गरेको यातायात मन्त्रालय स्रोतले जनाएको छ ।

    Railway.jpg

     

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार