Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गोर्खा सत्याग्रह अभियानद्वारा बेलायती प्रधानमन्त्रीलाई ‘चेतावनी’ पत्र


    बुधबार, बैशाख २२ २०७८
    790
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । बेलायलतमा रहेका भूतपूर्व गोर्खा सैनिकहरूको सङ्गठन गोर्खा सत्याग्रह अभियानले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई मङ्गलबार एक ज्ञापनपत्र पठाएको छ ।

    बेलायती सरकार, नेपाल सरकार तथा गोर्खा सङ्गठनका प्रतिनिधिहरु सम्मिलित संयुक्त प्राविधिक प्रतिवेदन दुवै सरकारलाई बुझाएको तीन वर्ष पूरा भइसकेको तर अहिलेसम्म त्यसलाई सम्बोधन नगरिएको भन्दै ज्ञापनपत्र पठाएको स्राेतले बताएकाे छ ।

    स्राेतका अनुसार ज्ञापनपत्रमा बेलायती सेनाबाट सेवानिवृत्त भूतपूर्व गोर्खा सैनिकहरुको समान पेन्सनलगायतका मागलाई सम्बोधन गर्न नेपाल तथा बेलायती सरकारबीच एक वार्ता समिति गठन गर्न, वार्तास्थल तोक्न तथा वार्तासमेत शुरु गर्न माग गरिएको छ । पत्रमा आगामी जुलाई १ सम्ममा मागहरु सम्बोधन नगरिए आमरण अनशन बस्ने चेतावनी दिइएको छ ।

    सो पत्रमा गोर्खा सैनिकहरुले ब्रिटिश इन्डिया र बेलायती सरकारका लागि गरेको बलिदानीको प्रशंसा गर्ने गरिएको तर त्यसअनुसारको व्यवहार नभएको उल्लेख गरिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार