Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • धनगढीमा कोरोनाको भयावह, थप चार जना संक्रमितको मृत्यु


    मंगलबार, बैशाख २१ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कैलाली । धनगढीको कोभिड अस्थायी अस्पतालमा उपचाररत चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत कैलाली, कञ्चनपुर, बझाङ र बर्दियाका एकरएक जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका  सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। 

    जोशीका अनुसार धनगढी उपमहानगरपालिका ७ की ७७ वर्षीया संक्रमित महिलाको मंगलबार बिहान मृत्यु भएको हो। उनलाई  वैशाख १२ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएको र उपचारकै क्रममा मृत्यु भएको जोशीको  भनाइ छ। 

    त्यस्तै, अस्पतालमै  उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका १२ का ७१ वर्षीय पुरुष, बझाङका २६ वर्षीय पुरुष र बर्दियाको उतानपुर गाउँपालिका २ का ३० वर्षीय पुरुषको पनि मृत्यु भएको जोशीले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार