Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लकडाउनमा पनि संक्रमितहरुको संख्या बढ्दै, एकैदिन ७४४८ जनामा कोरोना पुष्टि, ३७ को मृत्यु


    सोमबार, बैशाख २० २०७८
    785
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । लकडाउनमा पनि संक्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दाे अवस्थामा देखिएकाे छ ।

    पछिल्लो २४ घण्टामा नेपालमा थप ७ हजार ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६५८ पिसिआर परीक्षणमा ७ हजार ३८८ जना र ५१८ एन्टिजेन परीक्षणमा ६० जना गरी एकैदिन ७ हजार ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

    यो संक्रमण नेपालमा हालसम्मकै सर्वाधिक हो। 

    काठमाडौं उपत्यकामा भक्तपुरमा २२२, ललितपुरमा ५२२ र काठमाडौंमा २९२२ जना गरी ३६६६ संक्रमित थपिएका छन्।

    योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख ४३ हजार ४१८ पुगेको छ। अहिले देशभर सक्रिय संक्रमितमात्र ५४ हजार ४१ छन्।

    गत २४ घण्टामा २ हजार २१ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ८६ हजार १५ पुगेको मन्त्रालयले जनाएको छ।

    पछिल्लो २४ घण्टामा थप ३७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोनाबाट मृत्यु हुनेको संख्या ३३६२ पुगेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार