Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोनाको जोखिम बढ्दा कारागारमा कैदीबन्दी भेटघाट समेत बन्द


    सोमबार, बैशाख २० २०७८
    745
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • तनहुँ । नयाँ भेरियन्टसहितको कोरोना जोखिम बढेपछि तनहुँ जिल्ला कारागारमा कैदीबन्दी भेटघाट बन्द गरिएको छ । तनहुँ कारागारले कोरोनाको उच्च जोखिमलाई ध्यानमा राखेर कैदीबन्दी भेटघाटलाई बन्द गरेको जनाएको छ । 

    कारागार प्रशासनले गत वर्ष पनि कोरोना सङ्क्रमण उच्च हुँदा केही समयलाई कैदीबन्दी भेटघाट बन्द गरेको थियो । कोरोना जोखिम कम हुँदै गएपछि कैदीबन्दी भेटघाट खुल्ला गरिएकामा हाल जोखिम तीव्र गतिमा बढेकाले भेटघाटलाई पूर्णरू पमा बन्द गरिएको कारागारका निमित्त प्रमुख नारायण अधिकारीले जानकारी दिए । 

    हाल कोरोनाको सङ्क्रमण तीव्र गतिमा फैलिएकाले जोखिम न्यूनीकरणका लागि बाहिरका मान्छेलाई भित्र आउन दिएका छैनौँ, उनले भने, ‘अहिलेसम्म कारागारभित्र सबै सुरक्षित छन् ।’ उनका अनुसार कारागारमा हाल दुई सय ६६ कैदीबन्दी छन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार