Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • आज रातीदेखि आन्तरिक तथा २२ गतेबाट अन्तर्राष्ट्रिय उडान बन्द गर्ने सरकारको निर्णय


    सोमबार, बैशाख २० २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि भन्दै आन्तरिक तथा बाह्य हवाई उडान बन्द गर्ने निर्णय गरेको छ। 

    आइतबार बेलुका बसेको प्रधानमन्त्री एवम् मन्त्रिपरिषद्को बैठकले वैशाख २० गते अर्थात् आजको मध्यरातीबाट आन्तरिक उडान र वैशाख २२ गतेको मध्येरातीबाट अन्तराष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको हो  ।

    परराष्ट्रमन्त्री तथा सत्तारुढ नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले दिएको जानकारी अनुसार विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को संक्रमणकोे भयावह अवस्थालाई मध्यनजर गर्दै यसखाले निर्णय गरिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार