काठमाडौं । लुम्बिनी प्रदेशसभाका सांसद अजय शाहीले पदबाट राजीनामा नदिएको बताएका छन् । हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूहबाट सांसद निर्वाचित भएका शाहीले अलग गुटमा सामेल भएको तर पदबाट राजीनामा नदिएको प्रष्ट पारेका छन् ।
पश्चिम नवलपरासी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर एकको प्रदेश सभा ख बाट स्वतन्त्र राजनीतिक समूहबाट निर्वाचित शाहीले नेपालफेससँग भने, मैले राजीनामा दिएको होइन । राजीनामा सम्बन्धी समाचार बिभिन्न संचार माध्यममा प्रकाशित भएपछि शाहीले आफूले कित्ता फेरेर माओवादीलाई समर्थन गरेको बताए । सांसद शाहीले भने– ‘राजीनामा दिएको होइन, कित्ता फेरेको हो ।’ आफूहरुले उपस्थितिमा मात्रै हस्ताक्षर गरेको तर एमालेले कीर्ते गरेर आफ्नो हस्ताक्षर निर्णयमा समेत प्रयोग गरेको हो, उनले भने ।
सांसद शाहीका अलावा दुगनारायण पाण्डे र धर्मलाल श्रीवास्तवले राजीनामा दिएको समाचार सार्वजनिक भएको थियो । तर सांसद शाहीले आफूहरु तीनै जनाले राजीनामा नदिएको बरु कित्ता फेरेको बताएका छन् ।
मुख्यमन्त्री शंकर पोखरेलका बिरुद्ध आइतबार प्रदेशसभामा अविश्वास प्रस्तावमा मतदान हुने मिति तय गरिएको थियो । तर सोही दिन बिहान उनले अविश्वास प्रस्तावमा फ्लोर क्रस हुने सूईको पाएपछि राजीनामा दिएर पहिल्यै गरेको ४१ सांसदको हस्ताक्षर बुझाएर ठूलो दलको नाताले मुख्यमन्त्री नियुक्त हुने जस्केलाको बाटो रोजेका थिए । तर सांसद बिमला ओली माओवादीतिर लागेपछि उनको डिजाइन चकनाचुर भयो । लगत्तै एमालेकै सूर्य चिह्नबाट चुनाव जितेका ३ सांसदले राजीनामा दिएपछि उनी स्पष्ट अल्पमतमा परिसकेको अवस्थामा प्रदेश प्रमुख धर्मनाथ यादवले उनलाई सपथ गराएका छन् । र, मुख्यमन्त्रीकै कार्यालयमा गएर सपथ समेत खुवाएका छन् ।
काठमाडौँ। सरकारले नागरिकको विश्वास गुमाउँदै गएको नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले औंल्याएका छन्। आइतबार कांग्रेस स्याङ्जा क्षेत्र नम्बर २ (क) को प्रदेश कार्यसमितिको पद हस्तान्तरण...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्य दान गरेका छन् । आइतबार राष्ट्रपति पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी...
काठमाडौं । नेकपा एमालेले राष्ट्रिय कार्यकर्ता भेला लगत्तै केन्द्रीय कमिटी बैठक बोलाएको छ । आगामी ५ मंसिरमा चौथो केन्द्रीय कमिटी बैठक बोलाइएको प्रचार विभाग प्रमुख...
काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का प्रवक्ता एवं सांसद जगदीश खरेलले प्रधानमन्त्री बालेन साहका प्रमुख सल्लाहकार कुमार बेनसँग जोडिएको पछिल्लो विवादमा प्रधानमन्त्रीले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend