Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • लुम्बिनी प्रदेशमा बहुमत गुमाएका पोखरेल मुख्यमन्त्री नियुक्तः प्रदेश प्रमुख यादवको नांगो नाच


    आइतबार, बैशाख १९ २०७८
    3.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलका बिरुद्ध बहुमत सांसदले हस्ताक्षर गरे पनि प्रदेश प्रमुख धर्मनाथ यादवले उनलाई पुनः नियुक्ति गरेर संविधानविपरीत कार्य गरेका छन् ।

    मुख्यमन्त्री पोखरेलको सरकारका बिरुद्ध ४२ सांसदले हस्ताक्षर गरेको पत्र सार्वजनिक भइसकेपछि पनि प्रदेश प्रमुख यादवले सपथ खुवाएका छन् । प्रदेश प्रमुख यादवले अल्पमतमा परिसकेका मुख्यमन्त्रीलाई बहुमतप्राप्त मुख्यमन्त्रीका रुपमा नियुक्त गरेर अलोकतान्त्रिक कार्य गरेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आरोप छ । 

    मुख्यमन्त्री पोखरेलको सरकारका बिरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा आज मतदान हुँदैथियो । र, उनको सरकारका बिरुद्ध बहुमतले अविश्वास प्रस्ताव पारित हुने देखिएपछि उनले हतार हतार आज बिहान पदबाट राजीनामा दिएर अर्कै प्रयोजनमा पहिल्यै गरिएको सांसदको हस्ताक्षर बुझाई मुख्यमन्त्री नियुक्त भएका थिए ।

    दाङबाट निर्वाचित सासद विमला ओलीको हस्ताक्षर समेत दुरुपयोग गरी उनले बहमुत देखाएका छन् । सर्वोच्चले गएको फागुन २३ मा गरेको फैसलामा नेकपाबाट निर्वाचित भएका सांसदले एमाले वा माओवादी जुन पार्टी पनि रोज्न सक्ने बिकल्प दिएको थियो । त्यही बिकल्प अनुसार ओलीले नेकपा माओवादी रोजेकी हुन् । तर ओली माओवादीमा लागिसकेको स्पष्ट हुँदाहुँदै पनि उनको समेत हस्ताक्षर बुझाएर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेर प्रदेश प्रमुखले घोर असंवैधानिक काम गरेको आरोप लम्बिनी प्रदेशका सांसदहरुले लगाउँदैआएका छन् ।

    लुम्बिनी प्रदेशका सांसदहरुले असंवैधानिक रुपमा पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेपछि प्र्रदेश प्रमुख यादवको कार्यालय घेराउ गरी सरकारबिरुद्ध ४२ भन्दा बढी सांसदको टाउको नै गनेर देखाउने चुनौती दिइरहेका छन् । एमालेको सूर्य चिह्नबाट जितेका दुगनारायण पाण्डे,  अजय शाही,  धर्मलाल श्रीवास्तवले राजीनामा दिइसकेका छन् ।

     यिनको राजीनामाले पनि मुख्यमन्त्री पोखरेलबिरुद्ध एमालेभित्रै चर्को असन्तुष्टी रहेको देखाएको छ । तर प्रदेश प्रमुख यादवले बहुमत गुमाएका पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेर नांगो नाच देखाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार