Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • फ्लोर क्रस छल्न पोखरेलको राजीनामा, ठूलो दलको हैसियतले एमालेकै सरकार बन्ने 


    आइतबार, बैशाख १९ २०७८
    1.8K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अविश्वास प्रस्तावमा छलफलका लागि प्रदेशसभाको बैठक बोलाएकै दिन पदबाट राजीनामा दिएका छन्  । जसपाका ४ सांसदको पद गएपछि लुम्बिनी प्रदेशसभामा एमाले ठूलो दल भएको छ ।

    बहुमत प्राप्त सरकार एमालेविना बन्न नसक्ने स्पष्ट भएकाले उनले पदबाट राजीनामा दिएर आफ्नै नेतृत्वमा सरकार बनाउने मार्गप्रशस्त गरेका हुन् । यदि आज प्रदेशसभामा अविश्वास प्रस्तावमा मतदान हुँदा एमालेका एक सांसदले फ्लोरक्रस गर्दा पनि पोखरेलको सरकारबिरुद्ध बहुमत पुग्थ्यो । ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा ४ जना जसपाका सांसद कारबाहीमा परेका छन् भने नेपाली कांगेसका बलदेव शर्माको निधन भएकाले ८२ सिट बाँकी छ ।  

    एमालेका प्रदेशसभामा ४१ सांसद छन् भने बिपक्षी नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १७ (सभामुखसहित), जसपाका बाँकी २ र जनमोर्चाका एक गरी ४१ सदस्य छन् । एमालेका एक सांसदले मात्रै फ्लोरक्रस गरेमा सभामुखले निर्णायक मत दिंदा पोखरेलको सरकार ढल्ने थियो ।

    माधव नेपाल पक्षका लुम्बिनी प्रदेशमा बिष्णु पन्थी र पूर्णमाया घर्ती सांसद छन् । उनीहरुमध्ये एकले फ्लोर क्रस गर्नासाथ सरकार संकटमा पर्ने देखिएपछि पोखरेलले राजीनामा दिएर अविश्वास प्रस्ताव छलेका हुन् । ठूलो दलका हिसाबले एमालेले लुम्बिनी प्रदेशमा धारा १६८ (१) अनुसार सरकार गठन गर्ने छ । उक्त सरकारबिरुद्ध २ बर्ष अविश्वास प्रस्ताव ल्याउन पाइँदैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार