Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रुसको एक घरमा आगलागी, एकै परिवारका आठ जनाको मृत्यु


    आइतबार, बैशाख १९ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सिन्ह्वा।  रुसको एक निजी घरमा भएको आगलागीका परी आठ जनाको मत्यु भएको एक समाचारमा जनाइएको छ । घरमा आगोलागेको तर त्यसभित्र रहेका परिवारका सदस्य निस्किन नपाएका समाचारमा जनाइएको छ । 

    पछिल्लो समाचारअनुसार सो आगलागीमा परेर दुई जना बालबालिकाको पनि मृत्यु भएको थियो । श्निबार बिहानै रुसको पर्म भन्ने क्षेत्रमा आगलागी भएको बताइएको छ । त्यसमा परेर एकै परिवारका आठ जनाको ज्यान गएको बताइएको छ ।
     
    एक तले काठको घरमा आगो लागेको थियो । त्यसमा परेर परिवारका सदस्य सबैको ज्यान गएको थियो । यो आगलागीको घटना रहस्यमय रहेको भन्दै प्रहरीले अनुसन्धान टोली गठन पनि गरेको छ । 
    सो टोलीले अनुसन्धान शुरु गरेको र शुरुमा त्यस घटनाका प्रत्यक्षदर्शीहरुसँग बयान लिने काम गरेको पनि बताइएको समाचारमा उल्लेख गरिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार