Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपत्यकामा लकडाउन : आजदेखि थप कडाइ


    आइतबार, बैशाख १९ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ। कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले आइतबारदेखि काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाको आवागमनमा थप कडाइ गर्ने भएको छ। शनिबार बसेको सिसिएमसीको बैठकले आइतबारदेखि निषेधाज्ञा जारी भएका काठमाडौं उपत्यका र ठूला सहरहरूमा बैंक तथा वित्तीय संस्थाहरूका शाखाहरूमा एक चौथाइ कर्मचारी राखी सञ्चालन गर्ने, नेपाल राष्ट्र बैंकले यसमा सहजीकरण गर्ने निर्णय गरेको छ।  

    अत्यावश्यक सेवाबाहेक अन्य कार्यालयहरू एक चौथाइ कर्मचारीद्वारा सञ्चालन गर्ने निर्णय गर्दै सञ्चारकर्मीको आवागमनमा पनि कडाइ गर्ने निर्णय गरेको छ। काठमाडौं उपत्यकाको हकमा सूचना तथा प्रसारण विभागबाट र अन्य जिल्लामा प्रमुख जिल्ला अधिकारीले जारी गरेको प्रेस पासलाई मात्र मान्यता दिने निर्णय गरेको छ।

    उद्योग व्यवसाय सञ्चालन तथा सार्वजनिक निर्माणका लागि कर्मचारी एवं श्रमिकलाई उद्योगभित्रै बास तथा खानाको व्यवस्था गरी उद्योग व्यवसाय सञ्चालन गर्न भनिएको छ। कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक सामग्री (मास्क, स्यानिटाइजर, साबुन, पञ्जा, अक्सिजन) उत्पादन गर्ने उद्योग, कलकारखाना स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न भनिएको छ। ‘आयोजनाका निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनका चालक र सहयोगीलाई उद्गम र गन्तव्य प्रष्ट उल्लेख भएको आयोजनाले जारी गरेको परिचयपत्रका आधारमा सवारी साधन सञ्चालन गर्ने,’ निर्णयमा भनिएको छ।(नागरिक दैनिकबाट)

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार