एजेन्सी। इजरायलमा हासिडिक यहुदी पर्वका बेला भएको भागदौडमा परेर कम्तीमा ३८ जनाको ज्यान गएको विवरण प्राप्त भएका छन्।
उत्तरी इजरायलस्थित माउन्ट मेरोनको फेदीमा दशौँ हजार मानिस यहुदी पर्व मनाउन भेला भएका थिए।
तर धेरै भिड भएकाले उद्धार कार्यमा कठिनाइ भएको उनीहरूले बताएका छन्।
वार्षिक हुने उक्त पर्व गत वर्ष भने कोरोनाभाइरस महामारीका कारण रोकिएको थियो।
यसपालि पनि धेरै भिडले गर्दा थप महामारी हुने हो कि भन्ने चिन्ताहरू व्यक्त गरिएको थियो। (बिबिसीको सहयोगमा)