Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रहरीद्वारा निषेधाज्ञा उल्लंघन गर्ने ४ सय ११ सवारी साधन होल्ड


    बिहिबार, बैशाख १६ २०७८
    2.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले लागू गरेको निषेधाज्ञा उल्लंघन गर्नेहरुलाई प्रहरीले होल्ड गरिएको छ । निषेधाज्ञाको पहिलो दिन बिहान काठमाडौं उपत्यकामा ४ सय ११ सवारी साधनलाई प्रहरीले होल्ड गरेको छ । काठमाडौं, भक्तपुर र ललितपुरमा ३ सय २० वटा मोटरसाइकल, स्कुटर होल्ड गरेको छ ।

    उपत्यकाका तीनवटा जिल्लामा ९१ वटा गाडी समेत ४ सय ११ वटा सवारी साधनलाई होल्ड गरिएको महानगरीय प्रहरी कार्यलयले जनाएको छ ।

    नियन्त्रणमा लिइएका सवारी साधनलाई साँझ मात्र छाडिने ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ  । काठमाडौं जिल्लाभित्र १ सय २८ ठाउँमा सुरक्षाकर्मी परिचालन गरेर चेकजाँच गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार