Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रहरी चौकीमा हमला, ५ जना प्रहरीको हत्या


    बुधबार, बैशाख १५ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी। दक्षिणी नाइजेरियाको इमो राज्यमा बन्दुकधारीहरुले हमला गरेर कम्तीमा पनि पाँच जना प्रहरीको हत्या गरेका छन् । सोमबार ती बन्दुकधकधारीहरुले इमो राज्यमा रहेको एक प्रहरी चौकीमा एक्कासी हमला गरेका थिए । सो हमलामा परी पाँच जना प्रहरी मारिएका छन् ।

    सो प्रहरी चौकीमा उनीहरुले हमला गरेका थिए । इमो राज्यका प्रहरी प्रवक्ताले उक्त राज्यमा रहेको सो प्रहरी चौकीमा ठूलो संख्यामा आएका बन्दुकधारीले हमला गर्दा पाँच जना प्रहरी अधिकारी मारिएको बताएका छन् । उनले सो चौकीबाट ती बन्दुकधारीहरुले आफ्ना केही साथीहरुलाई पनि जेलमुक्त गरेर लगेका बताए । यसअघि पनि सो प्रहरी चौकीमा उनीहरुले हमला गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार