Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १३ जिल्लामा लकडाउन(सूचीसहित)


    बुधबार, बैशाख १५ २०७८
    715
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले १० जिल्लामा पूर्ण तथा तीन जिल्लामा आंशिक निषेधाज्ञा जारी गरेको छ । संक्रमण गति तीव्र रूपमा फैलँदै गएपछि सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत मंगलबार अबेरसम्म गरी १० मा पूर्ण तथा तीन जिल्लामा आंशिक निषेधाज्ञा आदेश जारी गरेको हो ।

    गृह मन्त्रालयका उपसचिव खुमकान्त अधिकारीका अनुसार मंगलबार रातिसम्म १० मा पूर्ण तथा तीन जिल्लामा आशिंक निषेधाज्ञा आदेश भएको छ । जसअनुसार काठमाडौं, भक्तपुर, ललितपुर, बाँके, दाङ, कैलाली, रुपन्देही, पर्सा, कास्की र सुर्खेतमा पूर्ण निषेधाज्ञा आदेश जारी गरिएको छ ।

    कास्कीबाहेकमा जिल्लाभर पूर्ण रूपमा निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । तर, कास्कीमा जोरबिजोर लागू गरिएको छ । यसैगरी, बर्दिया, बाग्लुङ र कालिकोटमा संक्रमण अवस्था हेरेर स्थान तोकेरै आंशिक निषेधाज्ञा आदेश जारी गरिएको छ ।

    जिल्ला प्रशासन कार्यालय बर्दियाका अनुसार गुलरिया नगरपालिका ५ र ६, बाँसगढी नगरपालिका बाँसगढी बजार क्षेत्र, बारबर्दिया नगरपालिका जयनगर र कतर्निया बजार क्षेत्रमा निषेधाज्ञा लगाइएको छ । त्यस्तै, ठाकुरबाबा नगरपालिका बगनाहा, भुरीगाउँ र ठाकुरद्वारा बजार क्षेत्र, राजपुर नगरपालिका राजापुर मानपुर टपरा बजार क्षेत्रमा निषेधाज्ञा छ ।

    यसैगरी, बढैयाताल गाउँपालिका भोलागौडी, मैनापोखर र शीतला बजार क्षेत्र र गेरुवा गाउँपालिका शान्तिबजार र पशुपतिनगर बजार क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाग्लुङले नगरपालिका–३ र कालिकोट खाँडाचक्र नगरपालिका–११ मा निषेधाज्ञा जारी गरिएको छ ।

    मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सीसीएमसी सिफारिस स्वीकृत गर्दै निषेधाज्ञा निर्णय गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिएको छ । सोही निर्णयका आधारमा गृह मन्त्रालयले मंगलबार सबै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएको हो । (राजधानी  दैनिकबाट)

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार