Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कम्बोडिया पठाईदिन्छु भन्दै लाखौँ रकम ठगी गर्ने मोक्तान पक्राउ


    सोमबार, बैशाख १३ २०७८
    785
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ। महानगरीय अपराध महाशाखाले कम्बोडिया पठाईदिन्छु भन्दै लाखौँ रकम ठगी गरेर फरार भएका एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर जिल्ला बागमती गा.पा-८ भवानचुली बस्ने २४ बर्षीय विजय भन्ने आयुष मोक्तान रहेका छन्।

    पक्राउ परेका मोक्तानले काभ्रेपलाञ्चोक पाँचखाल नपा-८ चिसापानी बस्ने ३६ बर्षीय  प्रेम बहादुर तामाङ समेत ६ जनालाई भिजिट भिषामा कम्बोडिया जान प्रतिव्यक्ति साढे छ लाख लाग्छ भन्दै रकम लिएर ठगी गरेका थिए। उनले उनीहरुलाई कम्बोडिया पुगेपछि क्यासिनोमा बोस गार्डमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारेका थिए।

    महाशाखावाट खटिको प्रहरीको टोलीले मोक्तानलाई आज पक्राउ गरेर थप अनुसन्धानको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँ पठाएको महाशाखाले जनाएको छ।

    यसअघि महाशाखाले गत बुधबार युरोप पठाईदिन्छु भन्दै लाखौँ रकम ठगी गरेर फरार भएका चितवनका  भरतप्रसाद राईलाई पनि पक्राउ गरेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार