Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सेनालाई ८ ठाउँमा क्वारेन्टाइन सेन्टर स्थापना गर्ने जिम्मा दिन सरकारलाई सीसीएमसीको सिफारिस


    सोमबार, बैशाख १३ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली सेनालाई विदेशबाट आउने व्यक्तिहरूलाई राख्नका लागि ८ वटा स्थायी प्रकृतिका क्वारेन्टाइन सेन्टर स्थापना गर्ने जिम्मेवारी दिन कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सरकारलाई सिफारिस गरेको छ । 

    सीसीएमसीको आइतबार बसेको बैठकले भारत र अन्य मुलुकबाट आउने व्यक्तिहरूलाई राख्नका निम्ती ८ वटा विभिन्न स्थानमा क्वारेन्टाइन सेन्टर स्थापना गर्ने जिम्मेवारी सेनालाई दिने निर्णय गर्नका लागि सरकारलाई सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए। 

    मन्त्रिपरिषद्को सोमबार बस्ने बैठकले सम्भवतः सोही सिफारिसअनुसार निर्णय लिने ती मन्त्रीले जानकारी दिए ।

    कोरोना संक्रमण बढेसँगै विदेशबाट स्थलमार्थ र हवाइमार्ग हुँदै नेपाल आउनेको संख्या बढेकाले सेनालाई स्थायी प्रकृतिका सेन्टर स्थापना गर्ने जिम्मेवारी दिन सिफारिस गरिएको हो । क्वारेन्टाइन सेन्टरको व्यवस्थापनको जिम्मेवारी सेनालाई दिन सिफारिस भएको हो । कान्तिपुरबाट 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार