Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लामो दूरीको यातायात तत्काल बन्द गर्न सीसीएमसीको सुझाव


    आइतबार, बैशाख १२ २०७८
    880
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोना संक्रमण रोकथाम गर्न तत्काल लामो दूरीको यातायात बन्द गर्न सरकारलाई सुझाव दिएको छ ।

    शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित छलफलमा सीसीएमसीका सदस्यहरुले प्रधानमन्त्री ओलीलाई कोरोनाका ‘हटस्पट’हरूमा कडाइ गर्नुपर्ने सुझाव दिएका हुन्।

    नेपालगन्जमा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिसमा बुधबार रातिदेखि वैशाख १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।

    शनिबारसम्म काठमाडौं उपत्यका तथा पर्सा, कास्की, दाङ, बाँके र रूपन्देहीमा संक्रिय संक्रमितको संख्या ५ सय नाघिसकेको छ। तत्काल ती ठाउँमा बन्दाबन्दी नगरे अवस्था भयावह हुने सुझाव प्रधानमन्त्री ओलीलाई दिइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार