Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • डाक्टरमा कोरोना देखिएपछि बाँकेको अस्पताल एक साता बन्द


    आइतबार, बैशाख १२ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बाँके । बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ।

    अस्पतालमा कार्यरत कर्मचारीको पिसिआर परीक्षण गर्दा ९० प्रतिशत डाक्टर, स्टाफ नर्स, प्रशासनिक कर्मचारीमा पोजेटिभ देखिएको छ।

    अस्पताल प्रशासनले शनिबार सूचना निकालेर आजदेखि वैशाख १८ गतेसम्म इमरजेन्सीबाहेक सेवा बन्द गर्ने उल्लेख गरेको छ।

    बिरामीलाई पर्न गएको असुविधाप्रति अस्पतालले क्षमा मागेको छ।

    पछिल्लो समय बाँकेमा कोरोना संक्रमित बढेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार