Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आईपीएल : राजस्थानको दोस्रो जित


    आइतबार, बैशाख १२ २०७८
    710
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल)मा गएराति भएको खेलमा राजस्थान रोयल्स ६ विकेटले विजयी भएको छ ।

    कोलकाता नाइट राइडर्सले दिएको १३४ रनको लक्ष्य ४ विकेट गुमाउँदै राजस्थान रोयल्स विजयी भएको हो ।

    कोलकाताले निर्धारित २०  ओभरको खेलमा ९ विकेट बनाएर १३३ रन बनाएपछि राजस्थानले १३४ रनको लक्ष्य पाएको थियो ।

    जवाफमा राजस्थानले १९ औं ओभरमा ४ विकेटको क्षतिमा  १३४ रन बनाएसँगै जारी सिजनमा दोस्रो जित निकालेको हो। राजस्थानको जितमा सञ्जु स्याम्सनले सर्वाधिक ४४ रन जोडे। 

    राजस्थानको यो दोस्रो जित हो । कोलकातासँगको खेलमा विजयी भएसँगै राजस्थान ५ खेलमा ३ खेलमा हार र २ खेलमा विजयी भएको छ ।

    त्यस्तै आज दुई खेलहुदैछन् पहिलो खेल नेपाली समयानुसार दिउसो ३ बजे पछि मुम्बईमा चेन्नई र बेंगलोर तथा बेलुका ८ बजे दिल्ली र हैदरबादबीच हुँदै छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार