Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • श्रीमती फसाउन खोज्ने ब्यापारी आफैं फसे


    आइतबार, बैशाख १२ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • बाजेको सेकुवाका संचालक चेतन भण्डारी र अमित श्रेष्ठ

    काठमाडौं । श्रीमतीलाई थुनाएर आफ्ना बिरुद्ध हालेको अंशबण्डा र मानाचामलको मुद्दा फिर्ता लिन लगाउने ब्यापारी अमित श्रेष्ठको योजना चकनाचुर भएको छ । प्रसंग हो, बिशाल सिमेन्टका संचालक अमित श्रेष्ठको । उनले विवाहित श्रीमती हुँदाहुँदै झापाकी कन्चन खत्रीसँग ३ बर्ष लिभिङ टुगेदरमा बसे । लिभिङ टुगेदर हुँदै विवाह गरेका ब्यापारी श्रेष्ठको तर्फबाट खत्रीको एक नाबालक छोरा पनि छ । छोरा जन्मिएपछि अमित श्रेष्ठले खत्रीसँग सम्बन्ध टाढा बनाउँदै लगेका थिए ।

    विवाह गरेका श्रीमान श्रेष्ठले विस्तारै वास्ता गर्न छाडेपछि खत्रीले उनीबिरुद्ध अंश र मानाचामलमा अदालतमा मुद्दा दायर गरिन् । मुद्दा दायर गरिसकेपछि श्रेष्ठ क्यानडामा पलायन भए । केही महिना क्यानडा बसेपछि फर्किएका श्रेष्ठले गृहमन्त्रालयका सचिव महेश्वर न्यौपानेसम्म पहुँच पुर्याएर श्रीमती कन्चनलाई थुनाएका छन् । ७ दिनअघि कन्चनलाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरी थुनामा राखेको छ । अमित श्रेष्ठका भाइ सुवासको क्रेडिट कार्ड अनधिकृत रुपमा प्रयोग गरी रकम निकालेको आरोपमा कन्चनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । २ बर्षअघि पति अमितले नै उक्त कार्ड घरखर्चका लागि प्रयोग गर्न दिएको र त्यसबाट ७३ हजार रुपैयाँ मात्र निकालेको कन्चनले प्रहरीलाई बताउँदैआएकी छन् ।

    २ बर्षअघिको क्रेडिटकार्डको बिषयमा अहिले आएर प्रहरीले खत्रीलाई पक्राउ गरी बैंकिङ कसुरमा मुद्दा चलाउन खोजेको छ । तर बैंकिङ कसुरको मुद्दाको अभियोजन गर्ने विशेष सरकारी वकिलको कार्यालयले काठमाडौं प्रहरीलाई अमित श्रीमान श्रीमतीको बिषय भएकाले दुवैलाई प्रतिवादी बनाएर ल्याउनू भनेको छ ।

    विशेषको यो निर्देशनपछि प्रहरीलाई समेत संकट परेको छ । कन्चनलाई २ बर्षअघिको देवरको कार्ड प्रयोग गरेको आरोपमा कन्चनलाई मुद्दा चलाउने बिषय नै कमजोर भएको अवस्थामा विशेष सरकारी वकिलको कार्यालयले श्रीमान अमितलाई पनि प्रतिवादी बनाउनू भनेपछि काठमाडौं प्रहरीका प्रमुख एसएसपी अशोक सिंह र मुद्दाका डीएसपी नरेन्द्र चन्दलाई सकस परेको हो । गृहसचिव न्यौपानेको दबाबमा परी कन्चनलाई पक्राउ गर्दा उनले पनि प्रधानमन्त्री कार्यालयका इन्द्र भण्डारीसम्मको फोन घुमाएपछि प्रहरी चेपुवामा परेको छ । र, जतिसक्दो चाँडो कन्चनलाई छोडी दुईतर्फको दबाबबाट मुक्त हुन खोजिरहेको छ ।

    ब्यापारी अमित श्रेष्ठ पावरको प्रयोग गरी श्रीमती थुनाउन खोज्दा उल्टै आफैं फसेका छन् । अब प्रहरीका अगाडि विशेष सरकारी वकिल कार्यालयको आदेश अनुसार उनलाई समेत पक्राउ गरी प्रतिवादी बनाउनुको बिकल्प नै छैन ।

    ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका बाजेको सेकुवाका संचालक चेतन भण्डारीका पार्टनर हुन् अमित श्रेष्ठ । भण्डारीले अमित श्रेष्ठको समेत नाम प्रहरीसँगको बयानमा लिएका थिए । तर उनलाई त्यतिबेला नुवाकोट कांग्रेसका नेता जगदिशनरसिंह केसी र दोलखाका घर भएका पशुपति भिजनका संचालक बालकृष्ण शिवाकोटीले पक्राउ पर्नबाट जोगाएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार