Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • पार्टी खोस्ने ढंगले कोही आएपनि त्यो सम्भव छैन: ओली


    शुक्रबार, बैशाख १० २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बालुवाटारमा जारी महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी खोस्ने ढंगले कोही आएपनि त्यो सम्भभव नभएकाे बताएका छन् ।

    ओलीले माधव नेपाल, योगेश भट्टराई लगायत नेताहरुसँग भेटघाट गरेपनि उनीहरुले पार्टी एकताबद्ध बनाउन कुनै पहल, नगरेकाे आराेप लगाउँदै आफू जिम्मेवार र अनुशासित भएर पार्टी एकतामा लागेकाले र पार्टी खोस्ने ढंगले कोही आएको भए, त्यो सम्भभव नभएकाे बताएका हुन् ।

    पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालहरुको महत्वाकांक्षाकै कारण कम्युनिष्ट पार्टी विभाजित हुन पुगेको पनि ओलीले बताए ।

    अहिले पनि केही व्यक्तिहरु अराजक ढंगले पार्टीकै नेताहरुविरूद्ध विष वमन गर्ने प्रवृत्ति देखिएको भन्दै ओलीले अझै पनि आफू लचिलो हुन तयार भएकाे बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार