Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • करणको आक्रामक ब्याटिङ, नेपालको अहिलेसम्मकै दोस्रो ठूलो स्कोर


    बिहिबार, बैशाख ९ २०७८
    710
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । करण केसीको विस्फोटक ब्याटिङको मद्दतले नेपालले त्रिदेशीय शृङ्खालामा मलेसियाबिरुद्ध २ सय १८ रनको विशाल लक्ष्य दिएको छ ।

    केसीले आक्रामक ब्याटिङ गर्दै १३ बलमै ४५ रन बनाएपछि त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले मलेसियालाई २१८ रनको लक्ष्य दिएकाे हाे ।

    कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१७ रन बनायो । टी-२० अन्तर्राष्ट्रियमा नेपालको यो दोस्रो उच्च स्कोर हो ।

    यसअघि फर्ममा रहेका कुशल भुर्तेललाई १६ रनको व्यक्तिगत स्कोरमा गुमाएको नेपालका लागि आसिफ शेखले ३२ बलमा ३ चौका र ३ छक्काको मद्दतले ४२ रनको योगदान दिए । कप्तान ज्ञानेन्द्र मल्लले पनि ४१ रन बनाए । उनले २५ बलमा १ चौका र ४ छक्का हिर्काए ।

    मलेसियाका लागि अनवर रहमान र फित्री सामले २–२ विकेट लिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार