Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उत्तरपुस्तिका सच्याएको भन्दै शाखा अधिकृतविरुद्ध विशेष अदालतमा मुद्दा


    बुधबार, बैशाख ८ २०७८
    805
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । उत्तरपुस्तिका सच्याएको भन्दै लोकसेवा आयोग केन्द्रीय कार्यालयका तत्कालीन शाखा अधिकृत मिमबहादुर शाहीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारकाे मुद्दा दायर भएकाे छ ।

    शाहीले छोरीलाई परीक्षामा सफल गराउने नियत राखी नेपाल वायु सेवा निगमतर्फको सहायक चौथो तहको परीक्षाको उत्तरपुस्तिका सच्याएको आराेप लगाउँदै अख्तियार दरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेकाे हाे ।

    उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसुरजन्य भएको भन्‍दै आयोग ऐन, २०४८ को दफा १८ र ३५(१) बमोजिम बुधबार विशेष अदालतमा उनीविरूद्ध मुद्दा दायर गरेको स्राेतले बताएकाे छ ।

     

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार