काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे स्टिङ अपरेशन अमान्य घोषित भएसँगै ४ सय मुद्दा खारेज हुने भएका छन् ।
बुधबार बसेको संवैधानिक इजलासले अख्तियारले गर्दै आएको स्टीङ अपरेशन गरेर संकलित प्रमाण ग्रहण योग्य नरहेको बताउँदै सुनुवाइ भइसकेका वा न्यायिक प्रक्रियामा रहेका सबै मुद्दाहरु खारेज हुने गरी आदेश दिएको थियाे ।
अदालतको आदेशसँगै बदर भएका मुद्दामध्ये अधिकांश २०७० सालपछिका छन् ।
स्टिङ अपरेशनविरुद्ध अधिवक्ता विष्णुप्रसाद घिमिरेले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।