सुनसरी । मंगलबार सुनसरीबाट प्रहरीले नक्कली नोटको कारोबार गर्ने तीन जनालाई पक्राउ गरेको छ।
चार लाख १५ हजार रुपैयाँ नक्कली नोटसहित तीन जनालाई पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-१९ का ६६ वर्षीय टेकबहादुर तामाङ, हरिनगर गाउँपालिका-२ का २४ वर्षीय नजिम साफी र धरान-१७ का महेन्द्र तामाङ छन्।
उनीहरूको साथबाट एक हजार दरले ४१५ थान नक्कली नोट बरामद भएको छ।
ती नोट कतै छापेको हो वा फोटोकपी गरेको हो भन्नेबारे नखुलेकाे स्राेतले जानकारी दिएकाे छ ।
पक्राउ परेका तिनै जनालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ को मुद्दा सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान थालिएकाे छ ।