काठमाडौं । बुधबार विमानस्थलमा पुगेका १३६ जनालाई नक्कली पिसिआर रिपोर्ट भएको आशंकामा अध्यागमन विभागले फर्काएको छ।
विमानस्थलमा पुगेका उनीहरूलाई सिनामंगलस्थित सूरिया हेल्थ केयरमा नक्कली पिसिआर रिपोर्ट बनाएको आशंकामा फर्काइएको स्राेतले बताएकाे छ ।
सूरिया हेल्थ केयरमा महानगरीय अपराध महाशाखाले मंगलबार छापा मारेको थियो। विदेश जानेहरूलाई ९ हजार रुपैयाँ लिएर पिसिआर रिपोर्ट नक्कली बनाएको आरोपमा सूरियामा छापा मारिएको थियो।
फर्काइएकाहरू आधा नेपाली र आधा भारतीय रहेको ढकालले बताए।