Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • भारतमा एकैदिन करिब तीन लाख सङ्क्रमित, दुई हजारभन्दा बढीको मृत्यु


    बुधबार, बैशाख ८ २०७८
    820
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । भारतमा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका करिब तीन लाख सङ्क्रमित पहिचान गरिएको छ ।

    भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दुई लाख ९५ हजार ४१ जना सङ्क्रमित पहिचान गरिएको हो ।

    भारतीय सञ्चारमाध्यमका अनुसार कोभिड १९ को पहिलो लहर आउँदा गत् सेप्टेम्बर १७ मा सबैभन्दा बढी ९८ हजार ७९५ जनामा सङ्क्रमणको पुष्टि भएको थियो । गत् फेब्रुअरी महिना यता भारतमा दैनिक थपिने सङ्क्रमितको संख्या बढ्दै गएको छ ।

    मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दुई हजार २३ जना सङ्क्रमितको मृत्यु भएको छ ।
    भारतको महाराष्ट्र, केन्द्र प्रशासित दिल्ली तथा उत्तर प्रदेश, मध्य प्रदेश लगायतका राज्य कोभिड १९ ले नराम्ररी प्रभाबित भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार