Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • त्रिकोणात्मक सिरिजमा नेपाल नेदरल्याण्डसँग पराजित


    मंगलबार, बैशाख ७ २०७८
    770
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं ।  त्रिकोणात्मक सिरिज अन्तर्गत मंगलबार नेदरल्याण्ड्ससंग भएको खेलमा नेपाल ३ विकेटले पराजित भएको छ ।

    किर्तिपुर खेल मैदानमा भएको आजको खेलमा नेपाल नेदरल्याण्ड्ससंग ३  विकेटले पराजित भएको हाे। 

    नेपालले दिएको २०७ ररनको बिशाल लक्ष्य नेदरल्याण्डले अन्तिम ३ बल बाँकी छँदा ७ विकेट गुमेर भेट्टाएको हो।  नेदरल्याण्डको जितमा बेन कुपरले ५५, कप्तान पिटरले ३१ र बासले लिडले ८१ रनको आक्रामक पारि खेले।

    नेपालका लागि सन्दिप लामिछानेले सर्वाधिक ४ विकेट लिए ।

    यसअघि त्रिवि क्रिकेट मैदान किर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको खेलमा ६ विकेटको क्षतिमा २०६ रन बनाएको थियो।

    यसअघिका दुवै खेलमा गतिलो प्रदर्शन गरेका आशिफ सेख आजको गेममा खाता नै नखोली आउट भएपनि अर्का ओपनर कुशल भुर्तेल (६२) र दिपेन्द्रसिंह ऐरीको (६०) उत्कृष्ट पारिमा रनको योगफल जोड्न सफल भएको थियो ।

    नेपालका लागि अन्य ब्याट्सम्यानहरु कप्तान ज्ञानेन्द्र मल्लले २०, सोमपाल कामी २१ र  कुशल मल्लले १८ रनको योगदान गर्दा अन्यले खासै गतिलो प्रदर्शन गर्न भने सकेनन्।

    नेदरल्याण्डका लागि बलर पिटरले सर्वाधिक ३ तथा भिबिन किन्ग्माले २ विकेट लिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार