Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कुम्भमेलामा सहभागी भएर स्वदेश फर्किएका पूर्वराजा शाह दम्पत्तिलाई कोरोना संक्रमण


    मंगलबार, बैशाख ७ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । भारतको हरिद्वारमा आयोजना गरिएको कुम्भमेलामा सहभागी भएर स्वदेश फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह  र उनकी पत्नी कोमल शाहलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

    भारतको कुम्भमेलामा सहभागी हजारौं भक्तजनहरुलाई कोरोना संक्रमण पुष्टि भएको समाचार भारतीय संचार माध्यमहरुबाट आइरहदा कुम्भमेलामा गंगा स्नान गरेर स्वदेश फर्किएका शाह दम्पत्तिले पनि परीक्षण गरेका थिए ।

    स्वदेश फर्किए लगत्तै कोरोना संक्रमण परीक्षण गराएका दम्पत्तिकाे परीक्षणमा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । उनीहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको मन्त्रालय स्रोतले बताएको छ ।

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार