Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • भारतले रोक्यो अक्सिजन, कोरोनाका बिरामीको उपचारमा समस्या हुने


    मंगलबार, बैशाख ७ २०७८
    3.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । भारतले अक्सिजन निर्यात रोकेको छ । 

    भारतमा कोरोना भाइरसको संक्रमण बढेसँगै अक्सिजन आयात रोकिएको हो ।

    यसैबीच नेपालमा त्यसको चिकित्सकले कोरोना संक्रमितको संख्या बढेसँगै उपचारमा प्रयोग हुने अक्सिजनको अभाव हुने संकेत गरेका छन् ।

    संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा सोमबार भएको छलफलमा नेपालका चिकित्सकले भारतबाट आउने अक्सिजनको आयात रोकिएका कारण कोरोनाको समयमा अक्सिजनको अभाव हुने देखिएको बताएका हुन् ।

    छलफलमा त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश काफ्लले अक्सिजनको आयात रोकिएका कारण अब कोरोनाका बिरामीको उपचारमा नै समस्या हुने देखिएको बताए ।

    यस्तै बाँसबारी स्थित शहिद गंगालाल राष्ट्रिय ह्दयरोग केन्द्रका निर्देशक डा. चन्द्र मणी अधिकारीले हाल मुटुको शल्यक्रिया गर्दा आवश्यक पर्ने कतिपय औषधि समेत अभाव हुने देखिएको बताए । औषधिको आपूर्ति कम हुँदा हाल १० देखि १५ जना बिरामीको मात्र शल्यक्रिया गर्ने औषधि रहेको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार