Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रात्रिकालीन व्यवसाय एक महिनाकालागि बन्द, मन्दिरमा २५ जना भन्दा बढी भेला हुन नपाइने


    सोमबार, बैशाख ६ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले कोरोना महामारी थप फैलन नदिन भिडभाड हुने क्षेत्रहरूमा कडाइ गर्ने भएको छ। दोस्रो चरणको कोरोना महामारी फैलिएको भन्दै  सरकारले रात्रिकालीन व्यवसायका साथै भिडभाड हुने क्षेत्रहरूमा कडाइ गर्ने निर्णय  गरेकाे हाे ।

    सरकारले रात्रिकालीन व्यवसाय वैशाख महिनाभर बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले वैशाखभर डान्स बार, क्लब, दोहोरी साँझलगायतका रात्रिकालीन व्यवसाय वैशाख महिनाभर बन्द गर्ने निर्णय भएको स्राेतले बताएकाे छ। 

    स्राेतका अनुसार स्वीमिङ पुल, पार्टी प्यालेस, जिमखाना बन्द गर्दै मेला महोत्सव र भिडभाड हुने सबै स्थलमा कडाइ गर्ने र धार्मिक स्थलमा समेत २५ जना भन्दा बढी भेला हुन नपाइने निर्णय भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार