Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादीको स्थायी समिति बैठक बस्दै, सरकारलाई दिएको समर्थन फिर्ता लिने 


    सोमबार, बैशाख ६ २०७८
    815
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठक आज १ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने भएको छ । बैठकमा नयाँ सरकार गठनबारे छलफल हुने पार्टीका एक केन्द्रीय सदस्यले बताएका छन् ।

    आइतबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नयाँ सरकार गठन हुन लागेको संकेत गरेका थिए । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएकाले नयाँ सरकार गठन हुन नसकेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आरोप लगाएका छन् ।

    कांग्रेस र जसपासँग नयाँ सरकार गठनको बारेमा एक किसिमको सहमति भइसकेको संकेत प्रचण्डले चितवनमा गरेकाले पनि आजको स्थायी समिति बैठकले सरकारलाई दिंदैआएको समर्थन फिर्ता लिने अनुमान गरिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार