Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • ‘संविधानको रक्षा गर्न नसके प्रजातन्त्र बच्दैन’


    आइतबार, बैशाख ५ २०७८
    925
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एवं प्रमुख सचेतक देवप्रसाद गुरुङले संविधानको रक्षा गर्नु अहिलेको प्रमुख कार्यभार रहेको बताएका छन्। 

    नेकपा माओवादी केन्द्र मादी गाउँपालिकाले आज आयोजना गरेको पालिकास्तरीय कार्यकर्ता भेलामा उनले संविधानको रक्षा गर्न नसके प्रजातन्त्र नबच्ने र देशमा अस्थिरता र अराजकता पैदा भएर द्वन्द्वको स्थिति आउनसक्ने उल्लेख गरे   ।

    कार्यक्रममा माओवादी केन्द्रका जिल्ला इन्चार्ज राजकाजी गुुरुङ, गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला, सचेतक गायत्री गुरुङ, गाउँ कमिटी अध्यक्ष कृष्णराज दाहाल, वडाध्यक्षहरू लालबहादुर गुरुङ, तोरण गुरुङ, मित्र गुरुङ, युवानेता क्षितिज सापकोटालगायतले माओवादी केन्द्रलाई एकताबद्ध बनाउँदै सङ्गठन निर्माणमा जुटन् आग्रह गरेका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार