Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुन ताेलामै ९० हजारभन्दा माथि


    शुक्रबार, बैशाख ३ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार शुक्रबार सुनको भाउ तोलामा ९० हजार रुपैयाँ भन्दा माथि पुगेको छ ।

    शुक्रबारका लागि छापावाल सुनको भाउ प्रतितोला ९० हजार पाँच सय रुपैयाँ कायम भएको छ । जुन अघिल्लो कारोबार दिनको तुलनामा तोलामा सात सय रुपैयाँले बढी हो ।

    बिहेवारीको मौसम सुरुभएसँगै सुनको बजार भाउमा पुनः वृद्धि भएको हाे । आजका लागि महासंघले तेजावी सुनको भाउ ९० हजार रुपैयाँ तोकेको छ ।

    यस्तै चाँदीको प्रतितोला भाउ १० रुपैयाँले बढेर १३ एक हजार तीन सय रुपैयाँ पुगेको छ । बिहीबार चाँदी एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

     

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार