Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अस्ति हरायो, हिजो पलायो


    बिहिबार, बैशाख २ २०७८
    835
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा हिजो वितरित मानपदवी, अलङ्कार र पदकमा चुच्चो भाग समेटिएको नक्सा राखिएको छ ।

    गत शुक्रबार वितरण गरिएको अघिल्लो वर्षको पदकमा भारतद्वारा अतिक्रमित नेपाली भूभागसहितको नक्सा नराखिएकोमा सरकारको आलोचना भएको थियो ।

    पहिले बाँडिएको पदकमा चुच्चो भागसहितको नयाँ नक्सा प्रयोग नगरिएकोमा आशंकासँगै सरकारको आलोचना भएको थियो ।

    सरकारले भने गत वर्ष नै वितरण गरिनुपर्ने पदक कोरोना महामारी र त्यसपछि जारी भएको बन्दाबन्दीका कारण यस वर्ष वितरण गर्दा पुरानै नक्सा परेको बताएको थियो ।(बुधबारको जनआस्थामा खबर छ ।)

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार