Nepal Face
  • बुधबार, ३ मंसिर २०८३
  • नेपाल राष्ट्र बैंकमा जागिर खुल्यो, अधिकृतदेखि सहायकसम्मका लागि दरखास्त आह्वान


    बुधबार, मंसिर ३ २०८३
    10
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले ६१ जना कर्मचारी भर्ना गर्नका लागि दरखास्त आह्वान गरेको छ ।

    सहायक निर्देशकदेखि सहायकसम्मका पदमा खुला परीक्षाबाट पदपूर्ति गर्न राष्ट्र बैंकले विज्ञापन खुलाएको हो ।

    राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागले आज सार्वजनिक गरेको सूचना अनुसार अधिकृत तृतीय श्रेणीको सहायक निर्देशक पदमा २६ जना माग गरिएको छ ।

    यसैगरी लेखारलेखापरीक्षणतर्फ अधिकृत तृतीय श्रेणीकै सहायक निर्देशक पदमा ३ जना, वाणिज्य कानुनतर्फको सहायक निर्देशक पद ९अधिकृत तृतीय श्रेणी०मा २ जना र सूचना प्रविधितर्फको सहायक निर्देशक पद ९अधिकृत तृतीय श्रेणी० मा चार जना कर्मचारी माग गरिएको छ ।

    त्यस्तै, सहायक द्वितीय श्रेणी अन्तर्गतको सहायक पदमा २६ जना कर्मचारी माग गरिएको छ । यी पदमा खुला तथा समावेशी समूहबाट पदपूर्ति गरिने बैंकले जनाएको छ ।

    २०८३ मंसिर १७ गतेसम्म दरखास्त दिन सकिने जनाएको छ। उक्त मितिसम्म दरखास्त दिन नसक्ने उम्मेदवारले दोब्बर दस्तुर तिरी मंसिर २४ गतेसम्म अनलाइन आवेदन दिन सक्नेछन् ।

    इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले नेपाल राष्ट्र बैंकको वेबसाइट धधध।लचद।यचन।लउ को ऋबचभभच अन्तर्गत इलष्लिभ एयचतब िायच इउभल ऋयmउभतष्तष्यल वा धधध।वयदक।लचद।यचन।लउ मा गई अनलाइनमार्फत आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार