बर्दिया । आइतबार दिउँसो १ बजे गेरूवा गाउँपालिका-१ भटेरा बस्ने ६० वर्षीया भुन्टी बोहराकाे हात्तीको आक्रमणबाट मृत्यु भएको छ।
सामुदायिक जंगलमा बाख्रा चराउन गएकी उनलाई जंगली हात्तीले आक्रमण गरेकाे भन्ने खबर प्रहरीले ३ बजे पाएको थियो ।
इलाका प्रहरी कार्यालय पाताभार बर्दियाबाट प्रहरी निरीक्षकको कमाण्ड टोलीले भुन्टीको शवलाई सुरक्षित स्थानमा ल्याएको डिएसपी शाहीले बताए।