काठमाडौँ। सरकारले नागरिकको विश्वास गुमाउँदै गएको नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले औंल्याएका छन्।
आइतबार कांग्रेस स्याङ्जा क्षेत्र नम्बर २ (क) को प्रदेश कार्यसमितिको पद हस्तान्तरण तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले सरकारले नागरिकको चाहनाअनुसार काम गर्न नसकेको बताए।
उनले संविधान संशोधन, भोटेकोसी बाढी प्रभावितको समस्या तथा सुकुम्बासी समस्या समाधानमा सरकारको अपरिपक्वता देखिएको उनको भनाइ थियो। ‘सरकार नागरिकको विश्वास गुमाउँदै गएको छ,’ पौडेलले भने।
नागरिकको विश्वास जित्नुको सट्टा सरकारले लोकतान्त्रिक मूल्य र मान्तयता भत्काउँदै गएको आरोप लगाए। उनले निर्वाचन जित्दैमा कानुन मिच्ने लाइसेन्स प्राप्त नहुने बताउँदै लोकतान्त्रिक मूल्य, मान्यता र विधिको शासनको सम्मान गर्न सरकारलाई आग्रह गरे।
महामन्त्री पौडेलले कानुनी प्रक्रिया देखाएर तर्साउने काम नगर्न पनि सरकारलाई सचेत गराए। कांग्रेस रहेसम्म लोकतन्त्र र प्रेस स्वतन्त्रता कसैले खोस्न नसक्ने उनको भनाइ थियो।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्य दान गरेका छन् । आइतबार राष्ट्रपति पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी...
काठमाडौं । नेकपा एमालेले राष्ट्रिय कार्यकर्ता भेला लगत्तै केन्द्रीय कमिटी बैठक बोलाएको छ । आगामी ५ मंसिरमा चौथो केन्द्रीय कमिटी बैठक बोलाइएको प्रचार विभाग प्रमुख...
काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का प्रवक्ता एवं सांसद जगदीश खरेलले प्रधानमन्त्री बालेन साहका प्रमुख सल्लाहकार कुमार बेनसँग जोडिएको पछिल्लो विवादमा प्रधानमन्त्रीले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि...
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले साढे ५ केजी सेतो हेरोइन बरामद गरेको छ ।लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवास बोहराका अनुसार थाइल्यान्डबाट काठमाडौँ ल्याएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend