काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले साढे ५ केजी सेतो हेरोइन बरामद गरेको छ ।लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवास बोहराका अनुसार थाइल्यान्डबाट काठमाडौँ ल्याएको सेतो हेरोइन बरामद गरेको हो।
उनका अनुसार प्रहरीले बरामद सेतो हेरोइनको अवैध बजार मूल्य करिब २२ करोड पर्ने आकलन गरिएको छ ।
सेतो हेरोइन बोकेर विमानस्थलमा ओर्लिएका भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महाराष्ट्र घर भएका ५२ वर्षीय रेवराज टिघारे रहेका छन् । शनिबार बिहान प्रहरीले शङ्का लागेर चेकजाँच गर्दा उनले ल्याएको लगेजमा खरायो र बिरालोको खानाको प्याकेटमा लुकाएको अवस्थामा सेतो हेरोइन फेला परेको थियो ।
पक्राउ परेका टिघारे यसअघि पनि दुई पटक लाओसबाट काठमाडौँ आएर भारत गएको ट्राभल हिस्ट्री भेटिएको छ । उनले जिम्बाम्बे, सुडान, बङ्गलादेश र कम्बोडियाको भ्रमण गरेको यात्रा विवरण देखिएको छ ।
उनी लागुऔषध कारोबारीको अन्तर्राष्ट्रिय सञ्जालको मुख्य व्यक्ति रहेको अनुसन्धानबाट खुलेको एसएसपी बोहराले जानकारी दिए । उनको साथबाट मेकानिकल इन्जिनियरको प्रमाणपत्र समेत बरामद गरिएको छ ।
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का प्रवक्ता एवं सांसद जगदीश खरेलले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी)हटाउने वा पदमा कायम राख्ने विषयमा पार्टीले सरकारलाई...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको बताएका छन् । प्रकृति र आस्थाको पर्व छठको...
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० नेता आज चीन प्रस्थान गरेका छन् । पार्टीका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सांसद चीन...
काठमाडौं । भारतले नेपालको जनकपुरधाम र उत्तर प्रदेशको अयोध्या जोड्ने साप्ताहिक रेल सेवा सञ्चालन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत...
महोत्तरी । लोक आस्थाको महापर्व छठअन्तर्गत आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदैछ। कात्तिक शुक्ल षष्ठीका दिन मनाइने यस पर्वका व्रतालु शनिबार राति खरना विधि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend