Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • नागार्जुनको जंगलमा लागेकाे आगाे नियन्त्रणबाहिर गएपछि हेलिकप्टरबाट पानी फालेर निभाउने प्रयास


    आइतबार, चैत्र २९ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आइतबार बिहान करिब ११ बजे काठमाडौंको शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्जमा लागेको आगलागी नियन्त्रणबाहिर गएपछि नियन्त्रणमा लिन हेलसिकप्टर उडाइएको छ।

    सुन्दरीजलबाट पानी लिएर सिम्रिक एयरको हेलिकप्टरले पानी फालेर आगाे निभाउने प्रयास गरिरहेकाे स्रोतले बताएकाे छ।

    बुढानिलकण्ठ नगरपालिका-१ तौलुङबाट सुरू भएको आगलागी कसरी सुरू भएको भन्ने थाहा नभएकाे स्रोतकाे भनाइ  ।

    आगो निभाउन तीन दमकलसहित प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र निकुञ्जकै कर्मचारी गरि करिब दुई सय जना जनशक्ति खटिएका थिए। जमिनबाट आगो नियन्त्रण गर्न नसकिएपछि हेलिकप्टर प्रयोग गरिएको हो। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार