काठमाडौं। सरकारले छठ पर्वको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै सोमबार छठ पर्वको अवसरमा सार्वजनिक बिदा दिइएको जानकारी गराएको हो।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी सूचनामा भनिएको छ,‘वि.सं. २०८३ कात्तिक २९ गते आइतबारका दिन परेको छठ पर्वका अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा दिएको बिदितै छ। छठ पर्वमा अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिने र त्यसको भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिई व्रत समापन गर्ने परम्परा रही आएकोले छठ पर्वको भोलिपल्ट अर्थात् मिति २०८३/०७/३० गते सोमबारका दिन समेत सार्वजनिक बिदा दिइएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ।’
तिहार पछि शुक्रबार कार्यालय खुलेको थियो। योसँगै छठ पर्व बिदा २ दिन भएकाले मंगलबार मात्र कार्यालय खुल्नेछन्।

काठमाडौँ । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त गरेका छन्। नवनियुक्त न्यायाधीशहरूलाई राष्ट्रपति पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोज शर्माले...
सर्लाही । सीमाक्षेत्रमा हुने चोरी, तस्करी तथा अवैध गतिविधि नियन्त्रण गर्ने जिम्मेवारी पाएको सशस्त्र प्रहरीका केही अधिकारीमाथि नै तस्करसँग आर्थिक लेनदेन गरी अवैध कारोबारलाई...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डल कात्तिक २९ गतेदेखि चीनको भ्रमणमा जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार...
काठमाडौँ। नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुनको मूल्य प्रतितोला १२ हजार ६ सय रुपैयाँ घटाएर २ लाख ७१ हजार ७ सय रुपैयाँ तोकेको छ। सोमबार...
काठमाडौँ । नेपाली सेनाले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । सेनाले आज (शुक्रबार) एक सूचना जारी गर्दै प्राडरप्राविधिकरहवाई विविध सेवा तर्फका अधिकृत पदहरूमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend