काठमाडौँ। अत्यन्त श्रद्धा, निष्ठा र भक्तिभावपूर्वक मनाइने छठपर्व आजदेखि विधिवत् रूपमा सुरु भएको छ। पाँच दिनसम्म मनाइने यस पर्वको पहिलो दिन व्रतालुहरू चोखोनिँदो भई शुद्धि हुने परम्परा छ। यस दिन व्रतालुले माछा र कोदोबाट बनेका खाद्य परिकार वर्जित गरी व्रतको तयारी थाल्छन्।
त्यस्तै, पर्वको दोस्रो दिन अर्थात् भोलि नहाय–खाय विधि अपनाइने छ भने तेस्रो दिन शनिबार दिनभर उपवास बसी साँझको समयमा विधिपूर्वक घरमा सख्खर हाल(बनाइएको खिर कुलदेवता र छठी मातालाई अर्पण गरी खरना विधि मनाइने छ।
यस वर्ष पर्वअन्तर्गतको मुख्य पूजा आइतबार साँझ गरिनेछ, जसलाई ुसझुका अर्घ्यु भनिन्छ। यस दिन दिनभर उपवास बसेका व्रतालुहरू साँझको समयमा अस्ताउँदो सूर्यलाई घरमा बनाइएका ठेकुवा ,भुसुवा लगायतका प्रसाद सामग्रीसहित जलाशयमा गई अर्घ्य अर्पण गर्नेछन्।
पर्वको समापन भने सोमबार अर्थात्पा ‘रणाुका दिन हुनेछ। यस दिन उदाउँदो सूर्यलाई अघिल्लो साँझ झैँ विधिपूर्वक अर्घ्य दिएर व्रत समापन गरिन्छ। त्यसपछि घर फर्किएर इष्टमित्र तथा परिवारजनलाई प्रसाद वितरण गर्ने परम्परा छ।
यता, विभिन्न स्थानीय तहहरूले छठघाट निर्माण तथा सरसफाइका लागि तीव्र तयारी गरिरहेका छन्। मिथिलाञ्चलमा तिहारलगत्तै मनाइने छठलाई दोस्रो ठूलो पर्वको रूपमा हर्षोल्लासका साथ मनाइन्छ।
काठमाडौँ। परराष्ट्र मन्त्री शिशिर खनालले जलवायु परिवर्तनका मुद्दा साझा विषय भएको धारणा राखेका छन् । टर्कीएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१)...
काठमाडौं । देउँसी भैलो खेल्नेक्रममा सार्वजनिक स्थलमा अश्लिल नृत्य गरेको आरोपमा दुई महिला पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा रुपन्देही देवदह नगरपालिका-७ का ३० वर्षीय...
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी जेलमुक्त भएका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा डिल्ली बजार कारागारमा जेल सजाय...
काठमाडौँ । मकवानपुरको भीमफेदी गाउँपालिका-६ स्थित चिसापानी गढीमा इभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । बिहान...
काठमाडौँ । तिहारको भाइटीकाका दिन सार्वजनिक यातायातका साधन कम सञ्चालन हुँदा आवतजावतमा पर्न सक्ने समस्या कम गर्न सशस्त्र प्रहरी बल, नेपालले काठमाडौँ उपत्यकामा निस्शुल्क...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend