Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • नेपाल संवत् नेपालको मौलिक पहिचान र गौरवशाली परम्पराको प्रतीक: गगन थापा


    मंगलबार, कार्तिक २५ २०८३
    40
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।

    नेपाल संवत् ११४७ तथा म्हः पूजाको अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै सभापति थापाले नेपाल संवत् नेपालको मौलिक पहिचान,समृद्ध संस्कृति र गौरवशाली परम्पराको प्रतीक भएको बताए । उनले नयाँ वर्षले सबैको जीवनमा नयाँ आशा,उत्साह, सुख, शान्ति र समृद्धि ल्याउने विश्वास व्यक्त गरेका छन्।

    ‘नेपाल संवत्ले लोककल्याणकारी र परोपकारको प्रेरणादायी विरासत बोकेको छ,यस अवसरले नेपालीबीचको आपसी सद्भाव,आत्मीयता र एकतालाई अझ प्रगाढ बनाउने अपेक्षा छ,’सभापति थापाको सन्देशमा उल्लेख छ ।

    यसैगरी, म्हः पूजाको पावन अवसरमा सबैमा आत्मसम्मान, सकारात्मक ऊर्जा,सुस्वास्थ्य र आत्मविश्वासे कामना गर्दै उनले सांस्कृतिक विविधता र एकताको भावनालाई अझ बलियो बनाउन पनि नयाँ वर्षले प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार